शिखर पुरुष ,नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनले संक्रमणकालको गहिरो पीडा भोगिरहेको मुलुकलाई झन् मर्माहत बनाएको छ । उहा स्वर्गारोहण भएको १३ औ  दिनको अबसरमा उहाको  सम्झना आयो अनि केहि लेख्न मन  लाग्यो उहाको देन हामी नेपाली मा सदैब रहने  छ l   छ दशकको आफ्नो राजनीतिक जीवनमा कोइरालाले प्रजातन्त्र/लोकतन्त्रका लागि अनवरत रूपमा गरेका संघर्षले नेपाल अहिलेको घुम्तीमा आइपुगेको हो । आधा शताब्दीको अन्तरालमा नेपाली समाज इतिहासका सबै क्रूरता, अन्याय र उत्पीडनविरुद्ध संघर्ष गर्दै अभूतपूर्व जागरणको युगमा प्रवेश गर्न सफल भएको छ । मध्ययुगीन सामन्तवादको पञ्जाबाट एक्काइसौँ शताब्दीको चेतनास्तरमा नेपाली जनता पुगेको सत्य प्रमाणित गरिरहनुपर्ने विषय होइन ।  लोकतन्त्रका लागि सुगठित आन्दोलन थालिएको छ दशकमै आजको विन्दुमा देशलाई ल्याइपुर्‍याउन नेपाल आमाका तमाम सपुतहरूको बलिदान र प्रतिबद्ध योद्धाहरूको अथक् संघर्ष नै प्रमुख रहेको छ । नेपाली जनताको यस आन्दोलनलाई डोर्‍याएर यहाँसम्म पुर्‍याउनेमध्येका एक कोइरालाको देहावसानले गन्तव्यतर्फको हाम्रो यात्रालाई झड्का मात्रै दिएको छैन, टुहुरो पनि बनाइदिएको छ । जीवनभर लोकतन्त्रका लागि पहाडझँै दृढ रहेर उनले गरेको संघर्षले नेपाली जनतालाई सम्प्रभु बनाउने लक्ष्यलाई साकार रूप दिएको छ । त्यस अभियानको इमानदार नेतृत्वकर्ताका रूपमा कोइरालाले इतिहासका सुनौला पानाहरूमा स्थान पाए, यही नै उनको जाज्वल्यमान व्यक्तिचित्र हो ।
कोइरालाको निधनपछि एउटा सिंगो युगको पटाक्षेप भएको छ ।  कोइराला नभएका भए अग्रगमनतर्फको यस्तो यात्रा कहाँ पुगेको हुन्थ्यो भन्ने अनुमान गर्न कठिन छ । उहाले  डोर्‍याएर यहाँसम्म पुर्‍याएको मुलुकलाई अझै तीव्रतर गतिमा अगाडि लैजाने जिम्मेवारी  उहालाई दोष थुपारेर "पानि माथिको ओभानो बन्न खोज्ने" हामी नया बिचार अनि जनताका भावनालाई बोकेर हिडेका  नयाँ पुस्ताका नेता भनौदाका  काँधमा आइपुगेको छ । हेरौ कसरि जिम्मेवारीबाट आफुलाई सत्यसाबित गर्नेछन l    
लोकतन्त्रका शिखर पुरुष या युग पुरुषको स्वर्गारोहणमा शोक मात्रै मनाएर समय व्यर्थ फाल्नु कुनै पनि किसिमले बुद्धिमत्तापूर्ण हुँदैन । उनको अभावले निश्चित रूपमा ठूलो रिक्तता पैदा भएको छ । त्यो रिक्तता यथाशक्य चाँडो भर्न सकिएन भने उनका चाहना र अठोटमाथि नै चोट पुग्ने हुँदा सबैले पूर्णताको दिशा खोज्न थाल्नुपर्छ  । विशेष गरी नेपाली कांग्रेसमा उत्पन्न रिक्ततालाई छिटो र विवेकपूर्ण तरिकाले सम्बोधन गर्दै देशले भोगिरहेको अभावलाई पूर्ति गर्नुपर्छ । आफ्नो  लोकतान्त्रिक चरित्र र इतिहास अनि बीपी कोइरालाजस्ता इतिहास पुरुषले स्थापित गरेका मूल्य र मान्यतामा टेकेर नेपाली कांग्रेसको वर्तमान नेतृत्वले सुसंगठित तरिकाले आफ्नो  अभिभारा पूरा गर्नुपर्छ । नेतृत्वले त्यस पार्टीभित्र असामञ्जस्यता, किंकतव्र्यविमूढता र तिक्तताको अवस्थ्ाा उत्पन्न भयो भने लोकतन्त्र र शान्ति प्रक्रिया मात्रै होइन, मुलुककै स्वास्थ्यमा प्रतिकूलता आउने सत्यलाई हृदयंगम गर्न सक्नुपर्छ ।
कोइरालाको निधन प्रकृतिको अनिवार्य घटना, विधिको  बिडम्बना यो एकदिन हुनु नै थियो   त्यसले देशलाई अहिलेको नेतृत्वपंक्तिको पोल्टामा हालिदिएको छ । स्वाभाविक रूपमा, सबै राजनीतिक दल र नेताहरूले अबको नेपाल कुशलतापूर्वक हाँक्ने अभिभारा पाएका छन् । संक्रमणकालको पीडा भोग्दै गरेको देशलाई सुरक्षित र अग्रगामी अवतरण गराउने जिम्मा अब सबै दल र तिनका नेताहरूको हो । शान्ति प्रक्रियालाई गन्तव्यसम्म पुर्‍याउने मात्रै होइन, प्रचुर सम्भावना बोकेर पनि अभावग्रस्त समाजको कायाकल्प गर्ने दायित्व पनि उनीहरूको हो । त्यसैले, अबका दिनमा सबै राजनीतिक दल र तिनका नेताहरूले आफूलाई सक्षम प्रमाणित गर्नुपर्ने ऐतिहासिक चुनौती पनि थपिएको छ । 
व्यक्तिका रूपमा कोइरालाको दूरदर्शिता र दलगत स्वार्थभन्दा माथि उठेको निकटतम् विगतकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो । उनको देहावसानले यस प्रक्रियाको मियो नै भाँचिन पुगेको छ । उप्रान्त त्यस प्रक्रियालाई सफलतापूर्वक सम्पादन गर्ने मूल जिम्मेवारी सबैभन्दा ठूलो दलको नाताले पनि एकीकृत नेकपा माओवादीमा सरेको छ । शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण पक्षका रूपमा रहेको हुँदा माओवादीले सबै किसिमका संकीर्णताबाट माथि उठेर व्यापक जनताको हितमा काम गर्न सकेन भने शान्ति प्रक्रिया अलपत्र मात्रै पर्ने होइन, घातक प्रत्युत्पादकताको हदसम्म पुग्नेछ । त्यस अवस्थामा अरूको टाउकोमा दोष थुपारेर कसैले भाग्न पाउने छैन, विशेष गरी माओवादीले उम्कन पाउने कुनै कारण रहन्न । त्यसैले माओवादी उत्ताउलो र गैरजिम्मेवार होइन, गम्भीर ,मर्यादित लोकतान्त्रिक  हुनैपर्छ ।
कोइरालाको निधनले निम्त्याएका चुनौतीहरूको सामना गर्ने जिम्मेवारी दल र तिनका नेताहरूको मात्रै होइन, आमनेपाली जनता तपाई हामि सबै को  पनि हो । राजनीतिक दल र तिनका नेताहरूलाई सचेत गराउँदै दबाबमूलक भूमिका निर्वाह गर्नु सबै नेपालीको कर्तव्य हो । इतिहासले सुम्पेको यो गहन जिम्मेवारीबाट कोहि पनी नतर्किकन  समयमै संबिधान निर्माणको जिम्मेबारी निर्वाह गर्न सकेमा मात्रै स्वर्गीय कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
नारायण बरुवाल 
घारा ,म्याग्दी ( हाल दक्षिण कोरिया )
म्याग्दी समाज कोरिया उपाध्क्ष 

2 comments:

Anonymous,  5:20 AM  

o hoe nice lekh yeti ramro lekh lekhne manche ta desh ma hunu parne ho korea ma k garnu hunchha korea ma malai janna man lagyo

Anonymous,  5:22 AM  

o how nice lekh ho jimmebari bata kohi pani panchina hudain

Post a Comment

  © Blogger template Webnolia by Ourblogtemplates.com 2009

Back to TOP