मुक्तिमार्ग उच्च माबी घारमा बिए संचालनको लागि महायज्ञ लागाइने

म्याग्दी जिल्लाको उत्तरी भागमा रहेको प्रयटकिय स्थल घार गाउमा अबस्थित श्री मुक्ती मार्ग उच्च माद्यामिक बिद्यालय घारमा यही अप्रिल १० ( चैत्र २८ ) बाट उक्त स्कुलमा बिए संचालनको लागि बिश्वो शान्ति ज्ञान महायज्ञ हुन गई रहेको छ ।
म्याग्दी जिल्लाको उतरी भेघमा रहेको अन्नपूर्ण हिमालको काख र रमणिय प्रयटकिय स्थल घोरेपानी र तातोपानीको बीचमा प्राक्रितिक बिभिधताले भरिपुर्ण गाउको रुपमा चिनिने घार गाबिस शिख , भुरुङ तातोपनी , न्यार्च्यङ दोबा र हिस्तान गाबिस केन्द्र भागमा रहेको छ । घार गबिसमा बिगत ६, ७ बर्ष देखी १२ कक्षा सचालन भई रहेको छ भने नजिकैका गाबिसहरु शिख , भुरुङ तातोपनीमा पनि १२ कक्षा सचालन भएको छ । यी सबै गाबिसमा १२ कक्षा बाट उत्पादन भएका विद्यार्थीहरु बी ए पढनको लागि बेनी की पोखरावा काठमान्डौ जानु पर्ने बाध्यता छ जसले गर्दा निम्न आय भएका विद्यार्थी तिक्ष्ण बुद्वीको र पढने इच्छा हुँदा हुँदै पनि बीए पढन पाएका छैनन । त्यसैले यहाँ बिए सरहको कक्षा संचालन भएको त्यस क्षेत्रका धेरै गाबिसका धेरै विद्यार्थी लाभन्बित हुने छन् ।
यसै बीच यस बिश्वो शान्ति ज्ञान महायज्ञ आयोजक समितीले विश्वभर छरिएर रहेका नेपाली तथा म्याग्देलीहरु लाई यस बिश्वो शान्ति ज्ञान महायज्ञमा उपस्थिती को लागि निमन्त्रणा गर्नुको साथै उक्त आध्यात्मिक ज्ञान तथा भौतिक बिकासको महान कार्यमा सहयोगको लागि सम्पुर्ण नेपाली तथा म्याग्देलीहरु अनुरोध गर्नु भएको छ । सहयोग तथा थप जानकारीको लागि myagdinepal@gmail.com मा वा 0097769520078 , 0032498145803 टेलिफोनमा संपर्क गर्नु होला ।

0 comments:

Post a Comment

  © Blogger template Webnolia by Ourblogtemplates.com 2009

Back to TOP