melina sanga ko kurakani
मेलिना मानन्धर। लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय रहँदै आएकी एउटी सुन्दरी अभिनेत्री। मुकेश ढकालसँग वैवाहिकबन्धनमा बाँधिएपछि उनलाई भन्ने गरिएको छ–“विवाह फाप्यो जस्तो छ नि“
० साँच्चै विवाह फापेको हो त?
– त्यसै भन्नुपर्ला। फापेकै छ।
० फेरि सोह्र वर्षको हुन पाए?
– अहिलेसम्म गरेका सबै गल्तीलाई सुधारेर अगाडि बढ्दथेँ।
० फेरि जन्मन पाइयो भने?
– बलिउडमा गएर नम्बर वन नायिका बन्दथेँ।
० तपाईं जे माग्यो त्यही दिन्छु भनेर भगवान् प्रकट भएर भनेमा के माग्नुहुन्थ्यो?
– यस्तो कुरा त कहाँ फ्याट भन्न सकिन्छ र? पछि सोचेर भनौँला नि?
० संसारमा सेक्स नभएको भए?
– त्यसको विकल्पमा केही हुन्थ्यो होला। नभएको कुराको किन चिन्ता गर्नु, होइन र?
० आफ्नो श्रीमान्लाई रङ्गेहात परस्त्रीसँग भेट्नुभयो भने…?
– आम्मै कस्तो प्रश्न सोधेको भन्या। तपाईं नै अनुमान लगाउनुस् न, त्यो अवस्थामा के होला।
० उमेर ढल्किसक्दा पनि मेलिनाको सुन्दरता ढल्किएको छैन भन्छन् नि, हो?
– त्यसरी भन्नैपर्ने गरी मेरो उमेर ढल्किएको छ र भन्या।
० महिलाहरू कस्तो मौसममा सेक्स गर्न रुचाउँछन् होला?
– अरूको बारेमा त थाहा भएन। तर मैले कहिले पनि मौसम हेरिनँ।
० तपाईले पहिला कसलाई आई लभ यू भन्नुभयो?
– कसलाई भन्नु नि मैले पहिला मेरै श्रीमान् मुकेश ढकाललाई आई लभ यू भनेकी थिएँ।












0 comments:
Post a Comment